काठमाडौं, माघ २९ । कमलपोखरीस्थित सान्दार मःम पसलमा भएको आगलागीमा गम्भीर घाईते भएका दुई कामदारको मृत्यु भएको छ।
कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेका रबिन राई र भिमबहादुर घलेको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
गत बिहीबार बिहान ग्यास लिक गएर आगालागी हुँदा ११ जना घाइते भएका थिए। जसमध्ये सात जना गम्भीर घाइते भएका थिए।




प्रतिक्रिया