नयाँ शक्तिका केन्द्रीय कार्यसमिति सदस्य माओवादी केन्द्रमा प्रवेश


काठमाडौं, २९ माघ । बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँशक्ति) को केन्द्रीय कार्यसमिति परित्याग गरी सुर्खेतमा भिमबहादुर मल्ल ‘सुवास’ माओवादी केन्द्रमा प्रवेश गरेका छन् । मल्ललाई पार्टीको कर्णाली प्रदेश समितिको सातौं बैठकमा सहभागी हुन सुर्खेत आएका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले खादा र माला लगाइदिएर पार्टीमा स्वागत गरेका हुन् ।

माओवादी केन्द्रमा प्रवेश गर्दै भिमबहादुर मल्लले भट्टराईले नयाँ बनाउने नाममा कम्युष्टि विचार छाडेको बताए । भट्टराईले भन्ने गरेको नयाँ विकल्पको दिशाहीन राजनीतिको औचित्यसमेत समाप्त भएकाले आफूले सो पार्टी परित्याग गरेको उनले बताए ।

देश र जनतालाई माया गर्ने वास्तविक पार्टी माओवादी केन्द्र रहेकाले आफू पुरानै घर फर्किएको बताउँदै उनले देश र जनताको पक्षमा काम गर्ने प्रतिवद्धता जनाए ।