काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोख्रेलले सामाजिक सञ्जालमा नेतृत्वको विरुद्ध छरिएका भ्रम चिर्नेगरि लेख्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।
बुधबार सामाजिक सञ्जालमार्फत पोख्रेलले कार्यकर्तालाई सो निर्देशन दिएका हुन् । सामाजिक सञ्जालमा प्रश्न गर्नु भन्दा आफैँलेलेख्न सुरु गर्न उनले निर्देशन दिएका छन् ।
‘तथ्य र सत्यका पक्षमा किन कोही बोल्दैनन् र लेख्दैनन् भनेर सामाजिक संजालमा प्रश्न गर्नु भन्दा आफैले लेख्न सुरु गर्नुहोस् । तपाई आफै अघि सरेपछि सत्य र तथ्य बलियो हुन सुरुगर्दछ । त्यसले अरुलाई पनि अघिसर्न प्रेरित गर्दछ । अराजकता र अशिष्टता क्रमशः कम भएर जान्छ’ उनले भनेका छन् ।
सामाजिक संजाल आफैमा राजमार्ग जस्तै भएको उल्लेख गर्दै पोख्रेलले थपेका छन् ‘सामाजिक संजाल आफैमा राजमार्ग जस्तै हो । सडकको यात्रामा जो निस्कन्छ त्यही देखिन्छ । घर भित्र वसेको मान्छे सडकमा नदेखिए जस्तै सामाजिक संजालमा असल मानिसहरु नआउदासम्म आएका खराव मान्छेहरु देखिने हो’ ।




प्रतिक्रिया