काठमाडौं, १ फागुन । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को अध्यक्षमा डा.बाबुराम भट्टराई निर्वाचित भएका छन् । अध्यक्षका प्रत्याशी नेत्र चापागाईँलाई फराकिलो मतान्तरले पराजीत गर्दै डा.भट्टराई निर्वाचित भएका हुन् । कूल ८७३ मत खसेकोमा भट्टराईले ८०२ मत पाएका छन् भने उनका प्रतिस्पर्धी चपागाईँले जम्मा ७१ मत पाए ।
भट्टराईलाई टक्कर दिन प्रतिस्पर्धामा होमिएका चापाईँले महाधिवेशनमा लज्जास्पद हार व्यहोर्नुपरेको छ । कूल खसेको मतमध्ये चापागाईँले पाएको मत ८ प्रतिशत हो । लगभग ९२ प्रतिशत मत भट्टराईकै पक्षमा गएको छ । चापागाईँ नेसपा (नयाँ शक्ति) निकट सामाजवादी विद्यार्थी युनियनका अध्यक्ष थिए । महिला उपाध्यक्षमा डा. भट्टराईकै छोरी मानुषी यमी भट्टराई, दलित उपाध्यक्षमा दर्गा सोव र कोषाध्यक्षमा हरि रिजाल निर्विरोध निर्वाचित भएका थिए ।




प्रतिक्रिया