तोलामा ४०० रुपैयाँले बढ्यो सुनको मूल्य


काठमाडौं, फागुन २ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज तोलामा ४०० रुपैयाँले सुनको मूल्य बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

छापावाल सुन आज तोलामा १ लाख ७० हजार २०० रुपैयाँले कारोबार भइरहेको छ । बिहीबार पनि सुनको मूल्य तोलामा २ हजार ३०० रुपैयाँले बढेको थियो । यस्तै आज पनि चाँदीको मूल्य बढेको छ । आज तोलामा ५ रुपैयाँले बढेको महासङ्घले जनाएको छ ।

चाँदी आज तोलामा १ हजार ९७० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार पनि चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले बढेको थियो ।