काठमाडौं, २ फागुन । नेकपा (माओवादी केन्द्र) को सहायक संगठन योङ्ग कम्युनिष्ट लिग (वाईसीएल) नेपाल गण्डकी प्रदेशको बैठक सम्पन्न भएको छ । पोखरामा सम्पन्न भएको बैठकमा गण्डकी प्रदेशभित्रका सबै जिल्लाबाट वाईसीएल नेताहरुको उपस्थिति रहेको थियो । सो बैठकमा वाईसीएल नेपालका केन्द्रीय अध्यक्ष सुवोध सेर्पालीले सम्बोधन गरेका थिए ।
बैठकलाई सम्बोधन गर्दै अध्यक्ष सेर्पालीले अब भ्रष्ट्रहरुलाई युवाहरुले सामाजिक बहिष्कार गर्नुपर्ने बताए । नेपाली कांग्रेस, नेकपा (एमाले) जस्ता ठूला दलले भ्रष्ट्रचारीहरुको संरक्षण गरेकै कारण मुलुकमा निराशा बढेर गएको अध्यक्ष सेर्पालीको भनाइ छ ।
अध्यक्ष सेर्पालीले पार्टीले सञ्चालन गरेको युवासँग माओवादी अभियानमा सबै उमेर समूह र सबै क्षेत्रमा योगदान दिइरहेका युवाशक्तीलाई जोड्न गण्डकी प्रदेशका सबै जिल्लाका युवाहरुलाई आग्रह गरे ।
यसैगरी, बैठकमा सहभागी बरिष्ठ उपाध्यक्ष ज्ञानेन्द्र बहादुर गुरुङ्ग ‘कसम’ ले,अब वाईसियलले नयाँ योजना बनाउदै थप कार्यक्रम घोषणा गर्ने बताए । वाईसियलमा उत्साह थपिँदै गएको र यो संगठन युवाहरुको आकर्षणको केन्द्र बन्दै गएको पनि उनले बताए ।
बैठकमा माओवादी केन्द्रका गण्डकी प्रदेशका सह–इन्चार्ज हरिराज अधिकारी कुमार तथा गण्डकी प्रदेश अध्यक्ष गायत्री गुरुङ र सचिव जगनाथ खनाल,कोषाध्यक्ष ताराप्रसाद भुसाल र राजकुमार दुलाल, उपाध्यक्ष केयर सिंह कुंवर,सचिवहरु नरेश केसी, शुसिला कुवर, विपिन आचार्य, सुदिप नगरकोटी र हरि ढकाललगायतको उपस्थिति रहेको थियो । बैठकको अध्यक्षता गण्डकी प्रदेश संयोजक शरण सापकोटाले गरेका थिए।





प्रतिक्रिया