प्रधानमान्त्री ओलीले प्रश्नको उत्तर नदिएर संसद्को अपमान र लोकतन्त्र स्वीकार गर्नुभयोः प्रभु साह


काठमाडौं, ५ फागुन । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य प्रभु साहले आफूले सोधेको प्रश्नको उत्तर नदिएर प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्माथि अपमान गरेको टिप्पणी गरेका छन् । आज (सोमबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले प्रधानमन्त्री ओलीले प्रश्नको उत्तर नदिएर लोकतान्त्रिक व्यवस्थाको अस्वीकार गरेको दाबी गरेका हुन् । आफूले प्रधानमन्त्रीलाई सोधेको प्रश्न सबै जनताको तर्फबाट राखिएको प्रश्न रहेको उनले बताए ।

‘उहाँ जनता, संसद् र कानुनप्रति उत्तरदायी हुनुहुन्न । नत्र नियमावलीको व्यवस्था मेरो लागिमात्रै थिएन, प्रश्नोत्तर कार्यक्रम मैले बनाएको होईन । उहाँले संसद्प्रति अपमान गर्नुभयो । मेरो विचारमा उहाँले लोकतन्त्र अस्वीकार गर्नुभयो । म केही पनि मान्दिनँ भन्ने भाव व्यक्त गर्नुभयो । यो संसदीय मान्यताको अपमान हो । मेरो कुन प्रश्न असभ्य थियो ? तपाईँ बताउनुस् न । त्यस्तो त केही थिएन, जनताको प्रश्न थियो,’– उनले भने ।

प्रधानमन्त्री ओली प्रश्नको जवाफबाट मात्रै नभागेको र सिस्टमलाई नै अपमान गरेको उनले बताए । ओलीले संसद्लाई होच्याउने काम गरेको उनको टिप्पणी छ । नेता साहले प्रधानमन्त्री ओली मानिस विदेश पठाउने मेनपावरको पनि मेनपावर रहेको उनको आरोप छ । सोझा सिधा जनतालाई विदेश पठाउने नाममा मेनपावर कम्पनीहरुले ठग्ने र प्रधानमन्त्री ओलीलगायतले भने मेनपावर कम्पनीलाई नै ठग्ने गरेगको उनको अरोप छ । ‘केपी ओलीजी मेनपावरको पनि मेनपावर हो । जसरी मेनपावरले मान्छेलाई लुट्छ र ठग्छ, उहाँहरुले मेनपावरलाई लुट्नुहुन्छ, ठग्नुहुन्छ,’– उनले भने । File Photo/RN