तल्लो दर्जाका प्रहरीको १६ वर्षमै पेन्सन हुनेगरी ल्याइएको प्रहरी विधेयक सराहनीय छः सांसद् थिङ


काठमाडौं, ५ फागुन । नेपाली कांग्रेसकी नेतृ एवं प्रतिनिधि सभा सदस्य सुशिला थिङले संसद्मा पेश भएको नेपाल प्रहरी विधेयकको प्रसंशा गरेकी छन् । आज (सोमबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले गृहमन्त्री रमेश लेखकले प्रहरी विधेयक ल्याएर अत्यन्तै राम्रो काम गरेको बताईन् ।

विधेयकमा साना दर्जाका प्रहरी कर्मचारीहरुलाई सम्बोधन गरिएको उनको भनाइ छ । ‘तल्लो तहमा काम गर्ने प्रहरी कर्मचारीलाई ध्यान केन्द्रीत गरेर १६ वर्षमा पेन्सन हुने व्यवस्था तल्लो तहका कर्मचारी केन्द्रीत भएर ल्याएको हुनाले त्यो अत्यन्त सराहनीय छ,’– उनले भनिन् ।