काठमाडौं, ६ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता एवं प्रतिनिधि सभामा दलका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले संघीय संसद्अन्तर्गतको राष्ट्रिय सभा वृद्धाश्रम नै रहेको दाबी गरेका छन् । हिजो (सोमबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले राष्ट्रिय सभा वृद्धाश्रम हो भन्ने कुरा आफूले अनजानमा नबोलेको र त्यो डम्पिङसाइट नै रहेको दाबी गरेका हुन् । पशुपतिलगायतका वृद्धाआश्रममा आफूहरुले पनि बेलाबेलामा सहयोग र स्वागत गरिरहेको बताउँदै उनले राष्ट्रिय सभा नामको वृद्धाश्रमभने देशलाई कसरी बर्वाद पार्ने, नेताको कसरी चाकडी गर्ने, चुनाव हारेको मान्छे कसरी थन्किने भन्नेबारे केन्द्रीत रहेको बताए ।
‘त्यहाँ जेष्ठ नागरिकहरु नै हुनुन्छ । त्यो वृद्धाश्रम हो, त्यो त हो डम्पिङसाइट नै हो । त्यसमा दुईमत नै छैन । केही पनि काम छैन । खर्च बढाउने थलोमात्रै हो । के बोल्नुपर्छ भन्ने मलाई थाहा छ । वृद्धाश्रमलाई बालआश्रम भनिँदैन । जनताबाट निर्वाचित होईन । चुनाव हरुवाहरु आउनुभएको छ । कृष्णप्रसाद सिटौलालाई के भन्नुहुन्छ तपाई ? जनताले जमानत जफत गरेपछि चोर बाटो बाट,’– उनले भने ।




प्रतिक्रिया