एकीकृत समाजवादी बागमती अध्यक्षमा दाहाल, उम्मेदवार नहुँदा प्रदेश कमिटी सदस्यमा २३ पद खाली


काठमाडौं । नेकपा एकीकृत समाजवादी बागमती प्रदेश कमिटीको अध्यक्षमा भीम दाहाल निर्वाचित भएका छन् । सोमबार सकिएको बागमती प्रदेश कमिटीको अधिवेशनले दाहालको नेतृत्वको १६८ जनाको प्रदेश कमिटी चयन गरेको हो ।

उपाध्यक्षमा गोविन्द नेपाली र राजु श्रेष्ठ, सचिवमा एलपी श्रेष्ठ, उपसचिवमा नानिराम चौलागाई, निरू खरेल, दिपक धनुके निर्वाचित भएका छन् ।

१६८ सदस्यीय प्रदेश कमिटी हुने भनिएपनि प्रदेश कमिटी सदस्यका लागि २३ जनाले उम्मेदवारी नदिँदा सो पद रिक्त रहेको छ । उक्तपदमा अब मनोनीत गरेर पूर्ती गरिने पार्टीले जनाएको छ ।