काठमाडौं, फागुन ७ । विगत लामो समयदेखि मधेश केन्द्रीत राजनीतिमा सक्रिय शत्रुधनप्रसाद साह आम जनता पार्टी (आजपा) मा प्रवेश गरेका छन् । तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) हुँदै जनता समाजवादी पार्टी (जसपा) का केन्द्रीय सदस्य रहेका प्रदेश सभाका प्रत्याशी तथा धनुषाका चिरपरिचित एवं स्थापित नेता साह आजपा प्रवेश गरेको पार्टी प्रवक्ता सिबी शाहले जानकारी दिए ।

देशमा वास्तविक लोकतन्त्रको स्थापना सहित आमूल परिवर्तनका लागि आम जनता पार्टी नै एक मजबुत विकल्प रहेको ठहरसहित शाह विधिवत रुपमा आजपाको आन्दोलनमा गोलबन्द भएको उनले जानकारी दिए ।





प्रतिक्रिया