पुर्व राजा ज्ञानेन्द्रको शुभकामनाप्रति गोकुलको टिप्पणी- डेमोक्रेसी स्थापनामा आफुले गरेको त्याग र योगदान सम्झेर नोस्टाल्जिक होईबक्सेछ


काठमाडौं । नेकपा एमालेका नेता तथा सांसद गोकुल बास्कोटाले नेपालमा प्रजातन्त्र स्थापनामा भूमिका खेलेको भन्दै पूर्व राजा ज्ञानेन्द्र शाहले जारी गरेको विज्ञप्तिमाथि टिप्पणी गरेका छन् ।

मंगलबार पूर्व राजा शाहले प्रजातन्त्र स्थापना र त्यसपछिका कामबारे भिडियो सन्देश जारी गरेका थिए । सोही सन्देशमाथि टिप्पणी गर्दै बास्कोटाले पूर्व राजले डेमोक्रेसी स्थापनामा आफुले गरेको त्याग र योगदान सम्झेर नोस्टाल्जिक भएको टिप्पणी गरेका हुन् ।

उनले लेखेका छन् ‘आज सबै डेमोक्र्याट भएको देखियो,शहीदलाई सलाम।झन गज्जब यो लाग्यो कि पुर्वराजा पनि डेमोक्रेसी स्थापनामा आफुले गरेको त्याग र योगदान सम्झेर नोस्टाल्जिक होईबक्सेछ। समस्या डेमोक्रेसी होईन,बरु जबरजस्त स्थापित गर्न खोजिएका ओभररेटेट पात्र हुन। बुटपोलिसले बुट टल्काउन सक्छ,छालाको गुण बदल्दैन’।