काठमाडौं, फागुन ८ । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक स्थगित भएको छ। संविधान सभा सदस्य एवम् पार्टी पोलिटब्युरो सदस्य विदुर सापकोटाको निधन भएपछि बैठक स्थगित भएको हो । आज स्थगित भएको बैठक अव भोली शुक्रबार बिहान बस्नेछ ।
सापकोटाको ५९ वर्षको उमेरमा आज बिहान ३ः२५ बजे काठमाडौंको हेल्पिङ ह्यान्डस् अस्पतालमा निधन भएको हो । उनी पार्टीको बागमती प्रदेशको सहइन्चार्ज समेत थिए । सापकोटा २०७० सालको संविधान सभा निर्वाचनमा तत्कालीन काभ्रे–४ बाट निर्वाचित भएका थिए । उनी एमाले काभ्रेको १४ वर्ष पार्टी प्रमुख समेत भइसकेका थिए । सापकोटाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टीको केन्द्रीय कार्यालय आलोकनगरमा राखिएको छ। उनको आजै पशुपतिस्थित आर्यघाटमा आजै अन्तिम संस्कार गरिदैछ ।




प्रतिक्रिया