आज पनि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच?


काठमाडौं, फागुन ८ । आज नेपाली बजारमा आज सुनको मूल्य बढेको छ। आज सुन प्रतितोला ५ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ७१ हजार रुपैयाँमा कारोबार भईरहेको छ। अघिल्लो कारोबार दिन सुन एक लाख ७० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी आज चाँदीको मूल्य १० रुपैयाँले बढेको छ । महासंघको अनुसार आज चाँदी एक हजार ९ सय ९५ रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन चाँदी एक हजार ९ सय ८५ रुपैयाँमा कारोबार भएको थियो ।