अन्तिम समयमा देउवाको भारत भ्रमण स्थगित

मोदीसँग भेट नहुने भएपछि रद्द भयो देउवाको भ्रमण


काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाको आजबाट हुन लागेको भारत भ्रमण रद्द भएको छ ।

इण्डिया फाउण्डेसनले ‘कुम्भ ग्लोबल समिट अन डेभलपमेन्ट एण्ड सस्टेइनबेलीटी’ कार्यक्रममा वक्ताको रुपमा सहभागी हुन देउवा भारत जाने तयारीमा थिए । उक्त कार्यक्रम प्रयागराजमा शुक्रबार र शनिबार हुँदैछ ।

यसअघि बिहीबार भारत जाने कार्यक्रम तय भए पनि स्थगित भएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

महाकुम्भमा सहभागी हुन जाँदा देउवाले केही राजनीतिक भेटघाट समेत गर्ने तयारी थियो। दिल्लीमा प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री डा। एस जयशंकर र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलसँग भेट गर्ने र नेपालसँग बिग्रिएको सम्बन्ध सुधार गर्ने देउवाको चाहना थियो । तर, मोदीसँग भेट नहुने निश्चित भएपछि देउवाले भ्रमण रद्द गरेको स्रोतले जनाएको छ ।