संघीयता र धर्मनिरपेक्षता डलरको आडमा आएको रहेछः डा.दीक्षित (भिडिओसहित)


काठमाडौं, ९ फागुन । नागरिक समाजका अगुवा डा.सुन्दरमणि दीक्षितले संघीयता र धर्मनिरपेक्षता डलरको आडमा आएको प्रष्ट भएको बताएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपालको वित्तीय संघीयताको लागि २० मिलियन डलर र जैविक विविधता संरक्षणका लागि १९ मिलियन डलर नेपालमा आएको खुलासा गरेका थिए । सोही प्रसंग उल्लेख गर्दै उनले नेताहरु कतिसम्म गिरेका रहेछन् भन्ने कुरा प्रष्ट भएको बताएका हुन् ।

‘ट्रम्पलाई धन्यवाद दिन्छु । हामी कति ठगिएका रहेछौं भनेदेखि अहिले लोकतन्त्र, गणतन्त्र भनेर चिच्याउने गर्थे । हाम्रो मुलुक त विकाउमा पो गएको रहेछ त । यिनीहरुले डलर खाएर हामीलाई पो धोका दिएका रहेछन् । संघीयताको लागि पनि डलर खाएका रहेछन् । धर्मनिरपेक्षता पनि हामीले गरेको होईन रहेछ, पैसाबाट आएको रहेछ । हाम्रा नेताहरु कतिसम्म गिरेका रहेछन् ? हाम्रो इज्जत संसारमा खत्तम भयो,’– उनले भने ।

आफूहरुलाई पहिलादेखि नै शंका रहेको बताउँदै उनले देशका मुर्धन्य कलाकार, लेखक, पत्रकारसमेत विकाउमा रहेको पुष्टि भएको बताए । File Photo/RN