काठमाडौं, फागुन ११ । प्रहरी प्रधान कार्यालयले १० जना प्रहरी सम्पर्क विहीन भएको भन्दै हाजिर हुन आउनेसम्बन्धी सूचना निकालेको छ । लामो समयदेखि आफूखुसी कार्यालयमा गैरहाजिर भएको र खोजतलास गर्दा समेत सम्पर्कमा नआएकाले अन्तिम पटक ७ दिने सूचना निकालिएको उल्लेख छ ।
उक्त समयभित्र गैरहाजिर रहनुको कारण खोली जवाफ पेस गर्न भन्दै कार्यालयले अन्यथा सेवाबाट हटाउने कारबाही भइजाने सूचनामा उल्लेख गरेको छ ।




प्रतिक्रिया