काठमाडौं, फागुन ११ । प्यूठानमा एक दम्पती आफ्नै घरभित्र मृत अवस्थामा फेला परेका छन् । जिल्लाको माण्डवी गाउँपालिका–२ स्थित रातामाटेमा ६० वर्षीय रामबहादुर परियार र उनकी ५६ वर्षीया श्रीमती हुकुमा शनिबार दिउँसो आफ्नै घरभित्र मृत अवस्थामा भेटिएका हुन् ।
जिल्ला प्रहरी कार्यालय प्यूठानका अनुसार मृतकहरुको शरीरमा घाउ र चोटका निशानहरू देखिएका छन् । मृतक दम्पती घरमा एक्लै बस्दै आएका थिए । उनीहरूका चार छोरा भारतमा बस्दै आएका छन् भने विवाहित तीन छोरी दाङतिर बस्दै आएकी थिइन् । घटनास्थलमा स्थानीयसँग सोधपुछ भइरहेको र मृतकको शव परीक्षणका लागि पठाइएको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया