काठमाडौं, फागुन १३ । भारतको पश्चिम बंगालमा आज बिहान भूकम्प गएको छ । बिहान ६ बजेर १० मिनेटमा बंगालको खाडी केन्द्रबिन्दु भएर ५.१ रिक्टर स्केलको भूकम्प गएको हो ।
भूकम्पको केन्द्रबिन्दु बंगालको खाडीमा ९१ किलोमिटर गहिराइमा रहेको भारतको राष्ट्रिय भूकम्प विज्ञान केन्द्रले जनाएको छ । भूकम्पबाट कहाँ कति क्षति भयो भन्नेबारे विवरण आइसकेको छैन ।
यसअघि फेब्रुअरी १७ मा बिहान ५ः३६ बजे दिल्ली–एनसीआरमा ४.० म्याग्निच्युडको भूकम्प गएको थियो ।




प्रतिक्रिया