काठमाडौं, फागुन १६ । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका ८ मा रहेको होटल भ्यू पाहुना घरमा एक जना महिला मृत फेला परेकी छन्। बिहीबार साँझ उक्त होटलमा महिला मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ ।
प्रमुख प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर खड्काका अनुसार, प्रारम्भिक अनुसन्धानबाट मृत महिला रामेछाप घर भइ बनेपा–६ बस्ने २३ वर्षीया शर्मिला श्रेष्ठ हुन्। उनी बनेपाकै एक मेडिकलमा कार्यरत थिइन। घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक खड्काले बताए।




प्रतिक्रिया