ओली भेट्न बालुवाटार जानुअघि देउवाले निवासमै बोलाए पार्टीका शीर्ष नेताहरू


काठमाडौं, १६ फागुन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष नेताहरुसँग छलफल गरेका छन् । सरकारले ल्याएका अध्यादेश अलपत्र परेपछि आज सत्ता गठबन्धनको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दैछ ।

बालुवाटारमा बस्ने उक्त संयन्त्रको बैठकअघि नै देउवाले पदाधिकारीसहित शीर्ष नेताहरुसँग आफ्नो निवासमा छलफल गर्ने भएका छन् । देउवाले अपरान्ह ४ बजे पार्टीका नेतालाई निवासमा बोलाएका छन् ।

आजमात्रै सत्ता गठबन्धमै रहेका जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारलाई दिएको समर्थन फिर्ता लिने घोषणा गरेका छन् । प्राइम टिभीसँगको कुराकानीमा यादवले अहिलेको सरकार असफल भएको र भ्रष्टाचारले सिमा नाघेको आरोप लगाएका छन् । अब बस्ने पार्टीको बैठकबाट सरकारलाई दिएको समर्थन फिर्ता लिने यादवको तयारी छ ।