नेपालमा कुनैपनि बेला नेता खेद्ने आन्दोलन सुरु हुनसक्छः मानवअधिकारकर्मी पहाडी


काठमाडौं, १९ फागुन । मानवअधिकारकर्मी कृष्ण पहाडीले नेपालमा कुनैपनि बेलामा नेता खेद्ने आन्दोलन सुरु हुनसक्ने बताएका छन् । आइतबार प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले नेताहरुले कमाएको अकुत सम्पत्तिलाई लिएर जुनसुकै बेलामा पनि आन्दोलन हुनसक्ने बताएका हुन् ।

‘पञ्चायत कालमा चाहीँ पारदर्शिता थिएन, थाहा हुँदैन थियो । काठमाडौंमा कसले घर बनायो भन्ने थाहा हुँदैन थियो । अहिले त सामाजिक सञ्जालले छताछुल्ल पारेको छ । गाउँको नेता चप्पल लगाएर काठमाडौं आयो, अब उसले पैसाको स्रोत देखाउन सक्नुपर्यो नि त । पैसाको स्रोतमा फसेका छन् । यहाँ इश्युमा लेनदेन हुन्छ । अब नेपालमा कुनै पनि दिन नेता खेद्ने आन्दोलन सुरु हुनसक्ने सम्भावना म देख्छु,’– उनले भने ।