सामान्य बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?


काठमाडौं, फागुन २५ । नेपाली बजारमा आइतबार सुनको मूल्य सामान्य बढेको छ । आज सुनको मूल्य सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ७० हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ। अघिल्लो दिन सुन एक लाख ७० हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी आज चाँदीको मूल्य भने घटेको छ। महासंघका अनुसार आज चाँदी ५ रुपैयाँले घटेको हो । आज चाँदी एक हजार ९ सय ८५ रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन चाँदी एक हजार ९ सय ९० रुपैयाँमा कारोबार भएको थियो ।