काठमाडौं, २७ फागुन । नेकपा (एमाले) की सचिव एवं पूर्वमन्त्री पद्मा अर्यालले नयाँ भनिएका राजनीतिक दलहरु हल्ला गरेर, मनपरी बोलेर शक्ति आर्जन गर्न सकिन्छ भनेर लागिपरेको टिप्पणी गरेकी छन् । आज (मंगलबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले नयाँ दलहरु हिँडिरहेको अहिलेको बाटो उपयुक्त नरहेको बताईन् । नयाँ दललाई उनीहरुकै गतिविधि केही समयपछि प्रतिउत्पादक हुने उनको भनाइ छ ।
साथै, फरक प्रसंगमा उनले नेपाल विद्युत प्राधिकरणमा व्यापक अनियमितता र घोटाला रहेको बताईन् । कुलमानले साह्रा जनतालाई भ्रममा राखेको नेतृ अर्यालयको दाबी छ । नेतृ अर्यालले प्राधिकरणमा बसेर कुलमानले धोकापूर्ण काम गरिरहेको आरोप लगाईन् ।
उनले भनिन्, ‘अहिले कुलमानको नाम लिँदाखेरी बस्नखानै गर्दैनन् । तर, उहाँकै पालामा भएका छन् सबै । राष्ट्रलाई हित हुने काम गर्न पर्यो । बाहिर देखाउने एउटा, भित्र गर्ने अर्को । यस्तो धोकापूर्ण कुरा हुन्छ । त्यहाँ यतिधेरै अनियमितता र घोटालाका कुराहरु छन्, त्यसलाई राज्यको तर्फबाट राम्रो छानविन गर्नुपर्यो ।’




प्रतिक्रिया