प्रतिनिधि सभामा प्रस्तुत भयो ‘आर्थिक तथा व्यवसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक-२०८१’


काठमाडौं । आर्थिक तथा व्यवसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ संसद्मा पेश भएको छ ।

बुधबार बसेको प्रतिनिधि सभा बैठकमा सो विधेयक पेश भएको हो । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सो विधेयक पेश गरेका हुन् ।

त्यसअघि सो विधेयकलाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्रभु साह, शेर बहादुर कुँवर, प्रेम सुवाल, रणेन्द्र बराली, चित्रबहादुर केसी र हितबहादुर तामाङबाट प्राप्त विरोधको सूचनाहरुलाई निर्णयार्थ पेश गरिएको थियो । तर, ती सबै सूचनाहरु बहुमतबाट अस्वीकृत भयो ।

सो विधेयक सरकारले अध्यादेशमार्फत जारी गरेको थियो । त्यही अध्यादेशलाई प्रतिस्थापन गर्न आज प्रतिनिधिसभामा विधेयक प्रस्तुत भएको हो ।