अधिवक्ता तहको लिखित परीक्षाको नतिजा सार्वजनिक, उत्तीर्ण दर ३७.१८ प्रतिशत


काठमाडौं, २८ फागुन । नेपाल कानुन व्यवसायी परिषद्ले अधिवक्ता तहको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । परिषद्ले २०८१ मंसिरमा सञ्चालित ३२औं अधिवक्ता तहको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।

आज सार्वजनिक भएका नतिजाअनुसार लिखित परीक्षामा सहभागी परिक्षार्थीमध्ये ३७.१८ प्रतिशतमात्रै उत्तीर्ण भएका छन् । लिखित परीक्षामा कूल २ हजार ७ सय ७० जना सहभागी थिए । सोमध्ये १ हजार ३० जना मात्रै उत्तीर्ण भएका छन् ।

परिषद्ले लिखित परीक्षा उत्तीर्ण भएकाहरुको अन्तरवार्ता काठमाडौंमा चैत्र १५, १६ र १७ गते र काठमाडौं बाहिरको हकमा चैत १५ गते तोकेको छ ।