काठमाडौं, २३ चैत । नेपाली कांग्रेस दोलखा जिल्ला सभापति वर्मा लामाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पक्राउ पर्नु सामान्य कुरा रहेको बताएका छन् । आज (शनिबार) प्राइम टाइम्स टेलिभिजनको प्राइम संवादमा पत्रकार कृष्ण मल्लसँग संवाद गर्दै उनले गल्ती, कमजोरी र ठगी प्रमाणित भएर पक्राउ परेको कुरालाई सरकारले उपलब्धी भन्न नमिल्ने बताएका हुन् ।
‘कानुनी राज्यमा गलत गर्ने मान्छे जेल जाने भन्ने सामान्य कुरा हो । यसलाई सरकारले उपलब्धी भन्न मिल्दैन । त्यो उहाँले गरेको गल्ती, कमजोरी, ठगी प्रमाणित भएको कुरा हो । अदालतले पनि भित्र बसेर पुर्पक्ष गर्नुपर्छ भनेर अगाडि बढायो । यसमा कांग्रेस–एमालेको हात छैन । उहाँले गलत गरेको छ त जानुपर्यो । गलत गर्नेहरु सबै जेल जानुपर्यो,’– उनले भने ।
साथै, भ्रष्टाचार मुद्दामा कुनै पनि पार्टीले कसैलाई पनि संरक्षण गर्न नहुने उनले बताए ।




प्रतिक्रिया