काठमाडौं, २५ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षकहरुको जायज माग सम्बोधन हुने बताएका छन् । आज (सोमबार) काठमाडौंमा आयोजित ‘हिमालयन डाइलग’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले जायज माग सम्बोधनका लागि शिक्षकहरुले आन्दोलन गरिराख्नु नपर्ने बताएका हुन् ।
‘अहिले शिक्षक आन्दोलन चलेको छ । किन चलाउनुभएको हो शिक्षक साथीहरूले ? मलाई थाहा छैन । म प्रधानमन्त्री छु, भनिराखेको छु, जायज मागहरू लिएर कोही आउँदाखेरि आन्दोलन गरिरहनुपर्दैन, हामी त्यसको समाधान दिन्छौं । हामी त्यसलाई सम्बोधन गर्न तयार छौं,’– प्रधानमन्त्री ओलीले भने ।
प्रधानमन्त्री ओलीले शिक्षकहरुले आफ्ना जायज माग सम्बोधन गराउन दुःख पाउनुनपर्ने बताए । शिक्षकहरु संवादमा आउनेबित्तिकै माग सम्बोधन हुने उनले बताए । ‘दुःख पाउन पर्दैैन, सडकमा गएर सुत्नै पर्दैन । आउनुस्, कुराकानी गरेर त्यसलाई समाधान गरौं भनिराखेको छु । उहाँहरुले किन दुःख पाउनु भएको हो ? उहाँहरु कुराकानीमा आउनुहोला, कुराकानीमा आउनेवित्तिकै हामी उहाँहरुको मागलाई यथोचित ढंगले सम्बोधन गर्छौं,’– प्रधानमन्त्री ओलीले भने ।




प्रतिक्रिया