काठमाडौं, २६ चैत । राष्टिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता ज्ञानबहादुर शाहीले झुठा मुद्दा लगाएर आफ्ना पार्टीका नेता÷कार्यकर्ताहरुलाई थुनिएको बताएका छन् । आज (मंगलबार) बल्खुमा आयोजित बृहत आमसभालाई सम्बोधन गर्दै उनले पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, महामन्त्री डा.धवलशमशेर जबरा, पशुपति खड्कालागतलाई तत्काल निशर्त रिहाइ नगरिए जनताले नेताहरुको घर घेर्ने दिन आउने बताएका हुन् । उनले जनताले नेताहरुको घर घेरेको दिन भागेर जाने ठाउँसमेत नपाइने बताए ।
‘झुठा मुद्दा लगाएर हाम्रा साथीहरुलाई थुनिएको छ । पार्टीका उपाध्यक्ष रविन्द्र मिश्र, सांसद डा.धवलशमशेर राणा, पशुपति खड्कालगायत राष्ट्रवादी साथीहरुलाई थुनिएको छ । म सरकारलाई यो अपिल गर्न चाहन्छु, अनुरोध गर्न चाहन्छु– झुठा मुद्दा लगाएर थुन्ने कोशिस नगरियोस् । यदि यो कोशिस भयो भने आज बल्खुमा लाखौं, भोलि देशभरी जनताले तिमीहरुको घर घेर्ने छन् । त्यो दिन तिमीहरु भागेर कहाँ जाने ? झुठा मुद्दा तल्काल फिर्ता गरिनुपर्छ,’– उनले भने ।
साथै, गत चैत १५ गते तीनकुनेमा राजावादीहरुको गरेको आन्दोलनमा माओवादीका कार्यकर्ताहरुले जडिबुटी उद्योग जलाएको उनको आरोप छ । नेता शाहीले उक्त प्रदर्शनमा भिजिलान्तेहरुको प्रयोग गरेर आफ्ना नेताहरुलाई झुठा मुद्दा लगाएर थुनिएको दाबी गरे । ‘अहिले प्रमाणित भयो, सरकारी सम्पत्ति तोडफोड गर्ने, जडिबुटीमा आगो लगाउने माओवादीको कार्यकर्ता भएको आज पुष्टि भएको छ,’– उनले भने ।




प्रतिक्रिया