काठमाडौँ, २७ चैत । नेपाल बार एशोसिएशनको २७औँ केन्द्रीय कार्यसमितिका लागि भएको निर्वाचनको मतगणना जारी रहेको छ । बारको नयाँ कार्यसमितिका लागि गत शनिबार मतदान भएको थियो । अहिलेसम्म प्राप्त मत परिणामले बृहत् लोकतान्त्रिक, प्रगतिशली, पेसागत, राष्ट्रवादी एवं समावेशी कानुन व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता प्रा.डा.विजयप्रसाद मिश्रसहित उनको प्यानलको नै जित सुनिश्चित भएको छ ।
अब करिब १५ सय मत गन्न बाँकी रहँदा अध्यक्षका उम्मेदवार विजयको निकटतम प्रतिद्वन्द्वी रमणकुमार श्रेष्ठसँग २ दुई हाजार ४ सय २९ को मतान्तर रहेको छ । अहिलेसम्म प्राप्त मत परिणामअनुसार मिश्रले ४ हजार २ सय ७२ मत पाएका छन् । व्यावसायिक कानुन व्यवसायी समूहका वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले १ हजार ८ सय ४३ मत प्राप्त गरेका छन् ।
बारको नयाँ कार्यसमिति चयन गर्न ९ हजार ९५७ मतदाता रहेकामा ८० प्रतिशत मत खसेको थियो । कुल २५ जना रहने कार्यसमितिका लागि ५७ जनाको प्रतिस्पर्धा रहेको छ । File Photo/RN




प्रतिक्रिया