रास्वपा सचिवालय बैठक जारी


काठमाडौं, २७ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक जारी रहेको छ । रास्वपा केन्द्रीय कार्यालय चमतिमा सचिवालय बैठक जारी रहेको हो ।

बैठकमा अघिल्लो बैठकको समीक्षा, पार्टी गतिविधि र समसामयीक राजनीतिक घटनाक्रमबारे छलफल हुने कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए । त्यस्तै पार्टीका अधिवेशनबारे पनि छलफल बताइएको छ ।

बैठकमा चितवनबाट आरम्भ भएको जनयात्रालाई निरन्तरता दिनेबारे पनि छलफल हुने उनले बताए । सचिवालय बैठकमा प्रदेश हेर्ने पदाधिकारी र केन्द्रीय सदस्यहरूको कामबारे पनि छलफल हुने रास्वपाले बताएको छ ।