काठमाडौं, २८ चैत । उपप्रधान एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले जनताले महशुस गर्ने गरी विकासका कामहरु गर्नुपर्ने बताएका छन् । आज (बिहीबार) अधिकार सम्पन्न बागमती एकीकृत सभ्यताको ३१औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले प्रचारबाजीका लागि मात्र नभएर जनताले महसुस गर्नेगरी नै काम गरेर देखाउनुपर्ने समय आइसकेको बताएका हुन् ।
‘हामीले खाली प्रचारबाजीका लागि यो गर्यौं, त्यो गर्यौं भन्ने होइन कि जनताले महशुस गर्ने गरी नै काम गरेर देखाउने समय आइसकेको छ । त्योअनुसार हामीले काम अगाडि बढाउनुपर्छ । जे जति योजनाहरु हामीले अहिले सम्पन्न गरेको छौं– त्यसको राम्रोसँग आम जनतालाई जानकारी गराउने र बाँकी भएको कामहरुलाई अगाडि बढाउँदा जनतालाई सुसूचीत गराउनुपर्छ,’– उनले भने ।
मन्त्री सिंहले नदीहरुको करिडोर बनाउने काम प्रभावकारी रुपमा अगाडि बढाउने, काठमाडौं उपत्यकाका नदिहरु फोहोर हुँदा दुर्गन्ध फैलिएकाले बागमती, विष्णुमतीलगायतका सबै नदीमा दुर्गन्ध हटाउन र स्वच्छ बनाउन आवश्यक योजना बनाएर अघि बढाइने बताए । File Photo/RN




प्रतिक्रिया