काठमाडौं, २८ चैत । तीनकुने हिंसात्मक घटनाका जनकमाण्डर दुर्गा प्रसाईँ पक्राउ परेका छन् । उनलाई प्रहरीले भारतबाट पक्राउ गरेको हो ।भारतबाट पक्राउ परेका प्रसाईँलाई नेपाल ल्याउने तयारी रहेको बताइएको छ ।
गत चैत १५ गते राजावादी समूहले कोटेश्वरको तीनकुनेमा आयोजना गरेको आमसभा तथा प्रदर्शन कार्यक्रममा हिंसात्मक बन्दा एक पत्रकारसहित २ जनाको मृत्यु भएको थियो । उक्त प्रदर्शनको क्रममा प्रसाईँ सुरक्षा घेरा तोडेर भाग्न सफल भएका थिए । प्रसाईँलाई पक्रिन नसकेको भन्दै सरकारको समेत आलोचना भइरहेको थियो ।
यता प्रसाईले भने यो अवधिमा दुई पटक फेसबुकमार्फत भिडिओ सन्देश सार्वजनिक गर्दै आफू नेपालमै भएको दाबी गर्दै आइरहेका थिए ।




प्रतिक्रिया