काठमाडौं, २९ चैत । गत चैत १५ गते तीनकुनेमा राजावादी समूहले आयोजना गरेको आमसभाका नेतृत्वकर्ताको रुपमा चिनिएका दुर्गा प्रसाईँ पक्राउ परेको प्रहरीले पुष्टि गरेको छ । नेपाल प्रहरीका प्रवक्ता दिनेश कुमार आचार्यले प्रेस विज्ञप्ति जारी गर्दै उनलाई झापाको भद्रपुरबाट पक्राउ गरिएको बताएका छन् ।
प्रसाईँसँगै उनको अंगरक्षक दिपक खड्का पनि पक्राउ परेको प्रहरीले जनाएको छ । प्रसाईँलाई राज्यविरुद्ध र संगठित अपराधसम्बन्धी कसुरमा अनुसन्धानका लागि काठमाडौं ल्याउने तयारी रहेको प्रहरीले जनाएको छ ।
तर, प्रसाईँको सचिवालका अनुसार उनी हिजो नै भारतको आसाम राज्यबाट पक्राउ परेका थिए । नेपाल प्रहरीको विशेष ब्यूरो, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भारत पुगेर उनलाई पक्राउ गरेको प्रसाईँको सचिवालयको दाबी छ ।





प्रतिक्रिया