काठमाडौं, २९ चैत । तीनकुने हिंसात्मक घटनाका योजनाकार दुर्गा प्रसाईँलाई प्रहरीले काठमाडौं ल्याएको छ । प्रसाईँलाई प्रहरीले झापा विमानस्थलबाट काठमाडौं ल्याइएको हो । प्रहरीका अनुसार प्रसाईँलाई आज भापाको भद्रपुरबाट पक्राउ गरिएको थियो ।
तर, प्रसाईँको सचिवाललयले भने नेपाल प्रहरीको विशेष ब्यूरो र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली भारतको आसाम पुगेर उनलाई पक्राउ गरेको बताउँदै आएको छ । काठमाडौं ल्याइएका प्रसाईँलाई जिल्ला प्रहरी परिसरमा राखिने बताइएको छ ।




प्रतिक्रिया