काठमाडौं, २९ चैत । नेकपा (एमाले) का महासचिव शंकर पोख्रेलले गणतन्त्रपछि देशमा केही भएन भनेर राजावादीहरूले भ्रम फैलाउने प्रयास गरेको बताएका छन् । कैलालीको धनगढीमा आयोजित पार्टीको विशेष जनसभालाई सम्बोधन गर्दै महासचिव पोखरेलले पञ्चायत र अहिलेको व्यवस्थाको परिवर्तन हेर्न गरिबीको अवस्था हेरे मात्रै पुग्ने बताए ।
साथै, महासचिव पोखरेले कांग्रेस–एमालेले मात्र्रै गणतन्त्र जोगाउन सक्ने बताए । उनले गत चैत १५ गते काठमाडौंका तीनकुनेमा हिंसात्मक घटनाका योजनाकारलाई कानुनी कठघरामा उभ्याउने प्रक्रिया सुरु भइसकेको पनि जानकारी गराए ।




प्रतिक्रिया