प्रधानमन्त्री ओली आज दमक जाँदै, एक लाख मान्छे उतार्ने


काठमाडौं, ३० चैत्र । नेकपा (एमाले) ले आज दमकमा जागरणसभा गर्ने भएको छ। प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीले विशेष सम्बोधन गर्ने आजको सभामा एक लाख मान्छे उतार्ने एमालेले जनाएको छ ।

सभाको तयारी पूरा भएको नेता शेरधन राईले जानकारी दिएका छन् । हिजोमात्रै प्रधानमन्त्री ओली लुम्बिनीमा पार्टीको जागरणसभामा सम्बोधन गरेर फर्किएका हुन् ।

एमालेले आगामी बैशाख ११ गते काठमाडौंमा ४० वर्ष ननाघेका एक लाख युवा उतार्ने घोषणा गरिसकेको छ । प्रतिगमनकारीहरुलाई सबक सिकाउन एमालेले देशव्यापी रुपमा जागरणसभा गर्ने घोषणा गरिसकेको छ ।