काठमाडौं, ३० चैत । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीमा चुनावअघिको गठबन्धन ‘च्याप्टर क्लोज’ भएको बताएका छन् । आज (शनिबार) धनकुटामा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले आगामी २०८४ मा पार्टीले एक्लै चुनाव लड्ने बताएका हुन् । महामन्त्री थापाले कांग्रेसले एक्लै चुनाव लड्दै गर्दाखेरी माओवादी, एमालेलगातका दलहरु जोसँग पनि मिल्नसक्ने बताए । यसका लागि आफ्नो संगठन बलियो बनाउन महामन्त्री थापाले नेता तथा कार्यकर्तालाई निर्देशन दिए ।
गत २०७९ को निर्वाचनमा राजावादी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतसँग एमाले मिलेकोतर्फ लक्षित गर्दै महामन्त्री थापाले कांग्रेसका विरुद्ध जो–जोसँग पनि मिल्दिन सक्ने बताए । पार्टीमा वडा तहदेखि नै गुटको अभ्यास भइरहेको भन्दै उनले चिन्तासमेत व्यक्त गरे । माथिका दाईहरु जुनसुकै बेला जोसँग पनि मिल्न सक्ने बताउँदै महामन्त्री थापाले वडा तहमा गुटको अभ्यास नगर्न समेत आग्रह गरे ।
‘अब आउने निर्वाचनमा नेपाली कांग्रेस कोहीसँग पनि मिलेर चुनाव लड्दैन । हामी चुनावभन्दा अगाडि गठबन्धन गर्ने च्याप्टर हाम्रो लागि क्लोज भयो । हाम्रो लागि क्लोज भयो, अरुको लागि क्लोज भएको छैन । त्यसकारणले गर्दा ख्याल गर्नुपर्ने छ । हामीले संगठन बनाएनौं, एकता बनाएनौं, हामी सबै मिलेनौं भने कांग्रेसका विरुद्ध को कुन बेला कोसँग मिल्छ ? हामीलाई थाहा छैन । कांग्रेसका विरुद्ध जो–जोसँग पनि मिल्दिन सक्छन् । अहिले हेर्नुुस् त, राजावादी भनेर बाहिर सडकमा उफ्रिएका मानिसहरु, यी सबै मानिसहरु एक वर्ष अगाडि कुन–कुन पार्टीहरुले पालिरहेका थिए ? हेनस् त यी । यी सबै मानिस कसले पालेका थिए, कुन–कुन पार्टीले कस–कसलाई संरक्षण दिएका थिए ? हाम्रा विरुद्ध जो–जोसँग पनि मिल्दिनसक्छ । त्यसैले हामीले हाम्रो घरलाई मजबुद बनाउनुपर्ने छ,’– उनले भने । File Photo/RN




प्रतिक्रिया