काठमाडौं, ३ वैशाख । नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले आफूमा कांग्रेस–कम्युनिष्ट दुवैको गुण रहेको बताएका छन् । आज (बुधबार) कांग्रेसका नेता स्वर्गीय चन्द्रप्रसाद न्यौपाने स्मृति ग्रन्थ लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेसले निजी स्वतन्त्रताको मात्रै कुरा गर्ने र कम्युनिष्टहरुले समानताको मात्रै कुरा गर्ने भएकाले यी दुवै गुण आफूमा रहेको उनले बताए । आफू कांग्रेस कम्युनिष्टभन्दा अलिकति अगाडि नै रहेको उनको दाबी छ ।
‘अब हामी कांग्रेस–कम्युनिष्ट भनेको लोकतन्त्रको, एउटा रुखको दुईवटा हाँगा हौं । कांग्रेसले निजी स्वतन्त्रताको मात्रै कुरा गर्ने, कम्युनिष्टहरुले समानताको मात्रै कुरा गर्ने अपुरो छ । त्यस हुनाले म अलिकति कांग्रेस, अलिकति कम्युनिट हो । दुवैको गुण भएको तर अलि अगाडि बढेको नयाँ मान्छे हुँ,’– उनले भने ।




प्रतिक्रिया