आन्दोलनरत शिक्षकहरुसँग वार्ता गर्न सरकारसमक्ष जनमत पार्टीको माग


काठमाडौं, ७ बैशाख । सिके राउत नेतृत्वको जनमत पार्टीले नेपाल शिक्षक महासंघको आन्दोलनलाई लिएर सरकारको ध्यानाकार्षण गराएको छ ।

केन्द्रीय प्रवक्ता डा. शरद सिह यादवले आज (आइतबार) विज्ञप्ती जारी गर्दै आन्दोलनरत शिक्षकहरुसँग तत्काल सरकारले वार्ता गरी न्यायोचित मागहरु सम्बोधन गर्दै शिक्षा ऐनसमेत जारी गर्न भनेको छ ।

जनमतले नेपाल सरकारको शिक्षा नीति, ऐन, कानून र शिक्षा क्षेत्रमा देखा परेका विकृति र अन्यौलता अन्त्य गर्नुपर्ने आवश्यकत्ता औंल्याएको छ ।