खड्कालाई पार्टी जिम्मा लगाएर देउवा थाइल्यान्डतिर


काठमाडौं, ७ वैशाख । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा थाइल्यान्ड प्रस्थान गरेका छन् । कांग्रेसका मुख्यसचिव कृष्ण पौडेलका अनुसार देउवाले पार्टी उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापति तोकेर थाइल्याण्डको बैंकक प्रस्थान गरेका हुन् ।

‘नेपाली कांग्रेसका सभापति श्री शेरबहादुर देउवा देश बाहिर प्रस्थान गर्नु भएकोले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ को उपधारा ९१३० बमोजिम स्वदेश नफर्कुञ्जेलसम्मका लागि नेपाली कांग्रेसका उपसभापति एवं केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख श्री पूर्णबहादुर खड्कालाई पार्टीको कार्यवाहक सभापति तोक्नु भएको छ,’– मुख्यसचिव पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

स्वास्थ्य उपचारको लागि सभापति देउवा थाइल्याण्ड गएका हुन् । थाइल्याण्डमा उनी परराष्ट्रमन्त्री आरजु राणा र छोराबुहारीको साथमा रहने छन् ।

Skip This

Omoda E5 Pro