अरूको परीक्षामा संलग्न भएपछि अस्कलका स्ववियु सचिव शाही पक्राउ


काठमाडौं, ७ बैशाख । नेकपा (एमाले) निकट विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनका नेता तथा अमृत क्याम्पसका स्ववियु सचिव गोपाल बहादुर शाही पक्राउ परेका छन् ।

प्रहरी जवानको परीक्षामा प्रवेशपत्रमा आफ्नो तस्विर टाँसेर परीक्षा दिँदा उनी मध्यबानेश्वर रत्नराज्य स्कूलबाट पक्राउ परेका हुन् । अहिले उनलाई तिनकुने प्रहरी बिटमा राखिएको छ। शाही स्थायी ठेगाना कालिकोट हो । शाही यसअघि ठमेलमा प्रहरी कुटिएको घट्नामा पनि संलग्न रहेको बताईन्छ ।