काठमाडौं, ८ बैशाख । नेकपा (एमाले) का सचिव तथा पूर्व पर्यटनमन्त्री योगेश भट्टराईले आफू मन्त्री भएको बेलामा पोखरा र भैरहवा विमानस्थलबारे आफ्नो हस्ताक्षरमा कुनै निर्णयले राज्यलाई कुनै नोक्सानी नभएको दाबी गरेका छन् । यदि आफ्नो हस्ताक्षरको निर्णयले राज्यलाई नोक्सानी भएको भए प्रमाणसहित सार्वजनिक गर्नपनि चूनौति दिएका छन् । उनले फेशबुकमा लेखेका छन्–
म २०७६ साउन १५ गतेदेखी २०७७ पौष ५ गतेसम्म संस्कृति, पर्यटन तथा नगारिक मन्त्रीको जिम्मेवारीमा रहेको हो । उक्त समयमा पोखरा र भैरहवा विमानस्थल बारेमा मेरो हस्ताक्षरमा कुनै निर्णयले राज्यलाई कुनै नोक्सानी भएको भए प्रमाण सहित सार्वजनिक गर्न मेरा विरुद्ध प्रायोजित समाचार उत्पादन गर्ने कारखानालाई चुनौती छ ।
सत्ता र पदको दुरुपयोग गरेर भ्रष्टाचार र बेथितीको दलदलमा जाकीएकाहरु काँक्रा आफू खाने र बियाँ अर्काको निधारमा टाँस्न कती खप्पीस छन भन्ने मैले राम्ररी बुझेको छु। मीडिया ट्रायल गरेर उम्कन सकिंन्छ भनेर ढुक्क नभए हुन्छ । मलाई औला उठाउनेहरू नै पर्नेवाला छन । म्यअगmभलत मसंग छ ।आवश्यक परे सार्वजनिक गरौला ।




प्रतिक्रिया