स्ववियु निर्वाचनः नेपाल ल क्याम्पसको मत गणना आजै हुने


काठमाडौं, ८ वैशाख । नेपाल ल क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनअन्तर्गत मतदान सकिएको छ । विहान ८ः४५ बजेदेखि सुरु भएको मतदान बेलुकी ५ः४५ बजे सकिएको हो । कूल २ हजार ९ सय १८ मतदाता रहेकोमा १ हजार ६ सय ५३ मत खसेको छ । आजै केहीबेरबाट मत गणना सुरु हुने बताइएको छ । विद्युतीय मतदान भएकाले मत परीणामसमेत आज नै आउने छ ।

नेपाल ल क्याम्पस स्ववियू निर्वाचनमा अनेरास्ववियु–अखिल (क्रान्तिकारी) संयुक्त प्यानल र नेपाल विद्यार्थी संघबीच कडा प्रतिस्पर्धाको अनुमान गरिएको छ । अनेरास्ववियु–अखिल (क्रान्तिकारी) संयुक्त प्यानलबाट अध्यक्षमा अनेरास्ववियुका समीर रिजाल, सचिवमा अखिल (क्रान्तिकारी) का ओमप्रकाश सुनार र कोषाध्यक्षमा अनेरास्ववियुकै आशुतोश कुमार गुप्ताले उम्मेदवारी दिएका थिए ।

त्यस्तै, नेविसंघबाट मोहम्मद माजिद प्रवेजले अध्यक्षमा उम्मेदवारी दिएका छन् । नेविसंघले सचिवमा मनमोहन भट्ट र कोषाध्यक्षमा विविषा मिश्रलाई उम्मेदवार बनाएको थियो ।