काठमाडौं, ९ वैशाख । जिल्ला कारागार रूपन्देहीमा रहेका रवि लामिछानेलाई थुनामुक्त गर्न माग गर्दै उनकी श्रीमती निकिता पौडेलले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिट संयुक्त इजलासमा पठाउने आदेश भएको छ । आज (मंगलबार) सो रिट सर्वोच्च अदालतका न्यायाधीश अब्दुल अजीज मुसलमानको इजलासमा सुनुवाइ भएको थियो । कानुनी प्रक्रिया पूरा नगरी पक्राउ गरिएको दाबीसहित लामिछानेकी श्रीमती निकिताले रिट दायर गरेकी थिईन् ।
रूपन्देहीको बुटवलमा रहेको सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला अदालतले लामिछानेलाई एक करोड धरौटीमा रिहा गरेको थियो । तर, उच्च अदालत तुलसीपुर, बुटवल इजलासले जिल्ला अदालतको आदेश बदर गर्दै लामिछानेलाई थुनामा पठाउने आदेश गरेको थियो । उच्च अदालतको आदेशसँगै सोही दिन बेलुका करिब ८ः३० बजे लामिछाने पक्राउ परेका थिए । लामिछानेलाई पक्राउ गर्दा कानुनी प्रक्रिया पूरा नगरी गैरकानुनी थुनामा राखिएको रिट निवेदकको दाबी छ ।




प्रतिक्रिया