काठमाडौं, १२ वैशाख । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दलहरुले केही पनि गर्न सकेनन् र गरेनन् भन्ने कुरामा सत्यता नरहेको बताएका छन् । आज (शुक्रबार) गोर्खाको बारपाकमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दैै जनअपेक्षाअनुसरकार काम गर्न सकिएपनि यसबीचमा धेरै गुणात्मक परिवर्तन भएको बताएको बताएका हुन् । केही प्रतिक्रियावादी, निरङ्कुशतावादी र तानाशाहअन्तर्गत लुट मच्चाउन पल्केकाहरुले गणतन्त्रमा केही भएर भनेर भ्रम फैलाउने र प्रहार गर्ने जमर्को गरेको बताए ।
इतिहासलाई पछाडि फर्काउन चाहने तानाशाही प्रवृत्तिलाई परास्त गर्नुपर्ने आवश्यकता हरेका उनले बताए । प्रचण्डले आफू गोर्खाका जनताको मतले निर्वाचित भएर तेस्रो पटक प्रधानमन्त्री बन्ने अवसर पाएको र केही रेकर्डहरु बनाएको बताए । ‘सुशासनको रेकर्ड, भ्रष्टाचारविरोधी अभियानको रेकर्ड, सामाजिक न्याय, नागरिकताको समस्या समाधान गर्ने, मिटरव्याज पीडितको पीडामा मल्हमपट्टी लगाउने, ऐन बनाउने, सामाजिक सुरक्षा कोषमा लाखौंलाख जनतालाई समावेश गर्ने काम भएको थियो । मैले विश्वभरी नेपाल र नेपालीको इज्जत र प्रतिष्ठालाई उचाइँमा पुर्याएँ । भारत र चीनजस्ता दुई ठूला देशको सम्बन्धलाई उचाइमा पुर्याइयो,’– उनले भने ।
आफू १८ महिनासम्म प्रधानमन्त्री रहँदा देशका गम्भीर चुनौतिहरुको सामना गर्ने अवस्था आइलागेको बताए । आफूले चुनावको बेलामा प्रतिवद्धता गरेअनुसार गर्न सकिएन भन्ने अनुभूति रहेको बताए । आगामी २ वर्षको अवधिमा अझ बढी ध्यान दिने उनले विश्वास व्यक्त गरे । ‘प्रचण्ड आएन, ध्यान दिएन भन्ने कुरा सत्य होइन । देशको राजनीति सम्हालनका लागि प्रचण्ड अलि बढी काठमाडौंमा फसेको हो । तर, गोर्खालाई विर्सिएको पनि होइन । तपाईँहरुको अगाडि गरेको प्रतिवद्धता बिर्सिएको छैन,’– उनले भने ।




प्रतिक्रिया