काठमाडौं, १४ बैशाख । शिक्षक आन्दोलनको समाचार संकलनमा खटिएकी प्राइम टेलिभिजनकर्मी पत्रकार सबिना कार्की घाइते भएकी छन् । पत्रकार कार्कीको अहिले तिलगंगा आँखा अस्पतालमा उपचार भइरहेको छ ।
उनी शिक्षक र प्रहरीबीच आन्दोलनको हटस्पट नयाँबानेश्वरमा भएको झडपको समाचार संकलनको क्रममा घाईते भएकी हुन् । प्राइम टिभीका प्रधान सम्पादक मुकुन्द दाहालले पत्रकार कार्कीमाथि भएको उक्त व्यवहारको घोर निन्दा गरेका छन् । दाहालले उक्त घट्नाको अनुसन्धान गरी दोषीमाथि कारबाही गर्न माग गरेका छन् ।




प्रतिक्रिया