काठमाडौं, १८ बैशाख । नेपाल भ्रमणमा रहेका भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डा. विजय चौथाईवालेले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेट गरेका छन् ।
नेपाल बसाईको क्रममा उनले उच्चस्तरीय राजनीतिक भेटवार्ता जारी राखेका छन्। काठमाडौं ओर्लिएकै दिन हिजो (बुधबार) गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री डा. आरजु राणा र कांग्रेस सभापति शेरबहादुर देउवासँग भेट गरेका चौथाईवालेले आज विपक्षी दलका नेता प्रचण्डसँग खमुलटार पुगेर भेटवार्ता गरेका हुन् ।




प्रतिक्रिया