युवालाई प्रमुख वाहकका रुपमा परिचालन गरिने


काठमाडौँ, १९ वैशाख । सरकारले युवालाई आर्थिक र सामाजिक रुपान्तरणका प्रमुख वाहकका रुपमा परिचालन गर्ने भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गर्दै युवामा स्वयंसेवी र सदाचारी भावना विकास गरिने उल्लेख गरे । नीति तथा कार्यक्रममा युवाको शारीरिक र मानसिक विकासका लागि नियमित खेलकुदसमेत सञ्चालन गरिने उल्लेख छ । रासस