भारत र चीनसँग मैले रेकर्ड ब्रेक हुनेगरि देशको हितमा सम्झौता गरेको थिएँ : प्रचण्ड


काठमाडौं, २० बैशाख । नेकपा (माओवादी केन्द्र) का अध्इक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले पछिल्लोपटक सरकारको नेतृत्व गर्दा भारत र चीनसँग सम्बन्धमा रेकर्ड ब्रेक हुनेगर देश र जनताको हितमा सम्झौता गरेको दाबी छ ।

आज (शनिबार) दक्षिणकाली नगर समिति, फर्पिङको चौथो नगर सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले भने,‘भारत रचीनसँगको सम्बन्धमा रेकर्ड ब्रेक हुनेगरि नेपाली जनताको हितमा सम्झौता भएको छ । नेपाल, भारत र बंगलादेशबीच त्रिदेशीय विद्युत व्यापार मेरै नेतृत्वमा गरेको छु । म भारत भ्रमणमा गएकोब ेलामा १० हजार मेगावाट विद्युत व्यापारको सम्झौता भएको छ । ती सबै सम्झौता ऐतिहासिक रेकर्ड ब्रेकर हुन् । चीनसँग उत्तरी सिमाका नाका खोल्ने सम्झौता भएका हुन् । ८ वटा नाका एकैचाटी खोलिएका छन् । त्यो आँफैमा ठूलो कुरा हो ।’

उनले आफूले सरकारको नेतृत्वमा हुँदा भ्रष्टाचारविरोधी अभियान र सामाजिक न्यायको लागि चलाएको गतिविधि, सुशासनको पक्षमा रेकर्ड हुनेगरि काम गरेको पनि स्मरण गराए । यस्तै, सामाजिक न्यायको लागि पनि आफू नेतृत्वको सरकारले ऐतिहासिक काम गरेको उनको दाबी छ । उनले भने,‘तर हाम्रो काम दलाल, विचौलया र नोकरशाहलाई मन परेन । उनीहरुले हामीलाई सरकारबाट बाहिर पठाए ।’

उनले माओवादीले चलाएको अभियान माओवादीको मात्रै नभएर राष्ट्रिय अभियान हुन पुगेको दाबी गरे । उनले भने,‘हजारौंको संख्यामा पार्टी प्रवेशको लहर चल्यो । बयोवृद्धदेखि बालबच्चासम्म आशावादी भए । भरोसा गरेको देखियो । यो जनतासँग माओवादी जागरण अभियानले माओवादी र नेतृत्वप्रति अभूतपूर्व लहर देखापर्यो । तराई मधेशमा मलाई धेरै अभिनन्दन भयो ।’